योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्: लामिछाने

पाेखरा | कात्तिक १३, २०७९

योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस्:  लामिछाने

 

पोखरा ।  कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको जनाउँदै जिम्मेवारी दिन आग्रह गरेका छन् ।


विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले विकास, निर्माणको अगुवाइ गर्न सक्ने र योजना कार्यान्वयन गर्ने स्थानमा पुर्याउन मत दिन आग्रह गरे ।


पोखरा २१ मा ५ दलीय गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा उनले पोखराका ग्रामिण क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने जनाए ।


गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकिकृत समाजवादीका श्रीनाथ बरालले जितेपछि सधै मतदाताको शिर उच्च राख्ने गरी काम गर्ने बाचा गरे । पोखरा २१ को खानेपानीको समस्या समाधान गर्ने र टोल टोलमा विकासको योजना ल्याउने उनले प्रतिवद्धता गरे ।


एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ्ले गठबन्धनका उम्मेदवारले जनताको भावना बुझेर काम गर्ने बताए ।


काँग्रेस कास्की २ कका सभापति दिनेश आचार्यले देशमा बौद्धिक पलायनको समस्या रहेको भन्दै शिक्षामा उचित योजनाको खाँचो रहेको औंल्याए । नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार वृन्दा रानाले मुलुकका समस्या बुझेर अवस्था अनुसार गठबन्धनले काम गर्ने बताइन् ।


माओवादी केन्द्रका कास्की इन्चार्ज राजकाजी गुरुङ करणले विगतमा काम गरेको हेरे विश्वप्रकाशलाई जिताउनुपर्ने बताए । विगतमा केही नेताले गठबन्धनको दुरुपयोग गरेका कारण गठबन्धन टुटफुट भएको उनको भनाइ छ ।


नेपाल समाजवादी पार्टी गण्डकी अध्यक्ष किरण थापा, एकिकृत समाजवादीका जिल्ला सल्लाहाकार पूर्णबहादुर थापा, नेपाली काग्रेस क्षेत्र नं २ का सदस्य दुर्गा थापा, माओवादी केन्द्र २१ महिला संघ संयोजक देवी अधिकारी,  पुर्णदीप सिग्देल, नेपाली काँग्रेस २१ इकाइ सभापती केवल गिरी लगायतले कार्यक्रममा बोलेका थिए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्